भगांकुर
भगांकुर | |
---|---|
![]() योनीको भित्री बनावट ( क्लिटोरियल हुड र भित्री भगोष्ठ रेखाको रूपमा), भगांकुर प्युबिक हाड मुनीबाट बाहिरसम्म फैलिएको हुन्छ | |
विबरण | |
पूर्ववर्ती | Genital tubercle |
धमनी | Dorsal artery of clitoris, deep artery of clitoris |
शिरा | Superficial dorsal veins of clitoris, deep dorsal vein of clitoris |
स्नायु | Dorsal nerve of clitoris |
पहिचान | |
चिकित्सा विषय शीर्षकहरू | D002987 |
TA | A09.2.02.001 |
एनाटोमीको आधारभूत मोडेल | 9909 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
'भग' तथा 'अंकुर' यी दुई शब्दले बनेको हो, जसले सामान्य रूपमा भगको अंकुर भन्ने अर्थ दिन्छ। अंग्रजीमा यसलाई clitoris भनिन्छ। भगांकुर वा भगनासिका[१] (अंग्रेजीः Clitoris) एक योनाङ्ग हो, जुन स्त्रीहरूमा मात्र पाइन्छ। यो योनीको अगाडि मोन्स प्यूबिस(Mons pubis)को तल,बाह्य ओष्ठ(Labia majora) जोडीएको स्थानमा रहेको हुन्छ। यो अङ्ग पुरुषको लिङ्ग जस्तै कडा हुन सक्ने मांसपेसीले बनेको हुन्छ। सामान्यतया यसको लम्बाई २ से.मी.र मोटाई ०.५ से.मी. हुन्छ।
महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा छालाका दुई पत्र एक-अर्कामा टाँसिए जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं र यसैको भित्रतिर नै अन्य अङ्ग हुन्छन्। महिलाहरूमा यही भगको माथिपट्टि बोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। यौनाङ्ग क्षेत्रको उक्त भागलाई अंगे्रजीमा mons pubis (मोन्स प्युबिस) भनिन्छ। युवतीको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा योनिद्वारजस्ता विभिन्न अङ्ग देख्न सकिन्छ।
भगक्षेत्रको दायाँ र बायाँ बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्, जसलाई हामी ठूलो भगोष्ठ भन्छौं र त्यसलाई बाहिरतिर फर्काइयो भने दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देख्न सकिन्छ। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गर्छ। यी ठूला तथा साना भगोष्ठका छेउ, माथि र तलतिर एक-अर्कामा जोडिएको हुन्छ। यही भगोष्ठ जोडिएको स्थानमै भगांकुर हुन्छ। महिलालाई यौन सुख दिनु नै एकमात्र कार्य भएको देखिन्छ।भगांकुरको टुप्पोलाई पनि पुरुषको जस्तै अङ्ग्रेजीमा glans (ग्ल्यान्स) नै भनिन्छ। व्यक्ति-व्यक्तिअनुसार यसको आकार फरक-फरक हुनसक्छ, तर सामान्यतः यसको आकार केराउको दानाजत्रो हुन्छ। यसको shaft (साफ्ट) भने शरीरसँग जोडिएको हुन्छ। भगांकुरलाई छालाको एक पत्रले छोपेको हुन्छ, जसलाई clitoral hood (क्लाईटोरल हुड) भनिन्छ। भगांकुर glans (ग्ल्यान्स) अति नै यौन संवेदनशील हुन्छ र पुरुष ले स्पर्श गर्दा वा पुरुषले जिब्रो द्वारा चुस्दा यौन उत्तेजनाका बेला आकारमा तुलनात्मक रूपमा निकै सानो हुने भए पनि पुरुषको लिङ्ग जस्तै उत्तेजित हुन्छ।
क्लिटोरियल क्रस
[सम्पादन गर्नुहोस्]
क्लिटोरियल क्रुरा(एकवचन: क्लिटोरियल क्रस) भगांकुरको आन्तरिक भागहरू हुन। यि भगांकुरको शरीरबाट एक उल्टो 'भी' जस्तै आकारमा फैलिएको हुन्छ। यि भेस्टिब्युलर बल्ब नजीकै हुन्छन र पनि क्लिटोरियल बल्बको नामले पनि चिनिन्छ। यिनीहरू मूत्रमार्ग, मूत्रमार्गिय स्पन्ज र योनीको दाँया र बायाँ हुन्छ र प्युबिक हाड सम्म फैलिएको हुन्छ। क्लिटोरियल क्रुराका मांसपेशिहरूलाई इस्चिओक्याभर्नोसि (ischiocavernosi) भनिन्छ।[२] प्रत्येक क्लिटोरियल क्रस प्युबिस र इस्कियमको रामी सँग जोडिन्छ। क्रुरा भगांकुरको आधार जस्तै हुन्छ, जुन खडा हुने तन्तुले बनेको कर्पस क्यभेर्नस मांसपेशिहरूको संयोजन हो।[२]
कर्पस क्याभेर्नस
[सम्पादन गर्नुहोस्]
![]() | यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
क्लिटोरियल हुड
[सम्पादन गर्नुहोस्]
![]() | यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्][१] वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-२६ मिति
