Content-Length: 229401 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%A6%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%A3_%E0%A4%85%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE

दक्षिण अमेरिका - विकिपिडिया सामग्रीमा जानुहोस्

दक्षिण अमेरिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्व नक्शामा दक्षिण अमेरिकाको स्थिति

दक्षिण अमेरिका उत्तर अमेरिका महादेशको दक्षिणमा स्थित छ। पनामा नहरले यि दुबै महादेशलाई छुट्याउँछ । यसको पश्चिममा प्रशान्त महासागर (Pacific Ocean ) छ र पूर्वमा आन्ध्र महासागर (Atlantic Ocean) पर्दछ । दक्षिण अमेरिकाको केही महत्त्वपूर्ण भौगोलिकहरू:

भौगोलिक अवस्था

[सम्पादन गर्नुहोस्]

दक्षिण अमेरिका महादेश १२० उत्तरी अक्षांशदेखि ५५० दक्षिणी अक्षांशसम्म फैलिएको छ । यो उत्तर अमेरिका महादेशको दक्षिणी खण्ड पनामासँग जोडिई दक्षिणतर्फ निरन्तर फैलिएको छ । यस महादेशको उत्तरी भूभागमा भूमध्य रेखा पर्छ । दक्षिणको भूमि दक्षिण ध्रुवको नजिकैसम्म फैलिएको छ । दक्षिण अमेरिका महादेशको पश्चिमपट्टि उत्तरदेखि दक्षिणसम्म विशाल पर्वत माला रहेको छ । एन्डिज नामले प्रसिद्ध यो मोडदार पर्वतमाला विश्वकै सबैभन्दा लामो पर्वत शृङ्खला (७,००० कि.मि.) पनि हो । एन्डिज पर्वत मालाको सबैभन्दा अग्लो टाकुरा ६,९६० मि. अग्लो माउन्ट अकान्नकागुवा हो । ६,००० मि. भन्दा अग्ला धेरै चुचुराहरू रहेको यो पर्वत मालामा उच्च समस्थलीहरूसमेत छन् । यो क्षेत्र प्रशान्त अग्निको घेराभित्र पर्ने हुँदा निरन्तर भूकम्प र ज्वालामुखी गइरहन्छन् ।

यस महादेशको सर्वाधिक उचाइमा रहेको टिटिकाका ताल पनि एन्डिज पर्वत मालामा नै रहेको छ । दक्षिण अमेरिका महादेशको पूर्वी भागमा पुरानो कडा चट्टान युक्त उच्चभूमि छ । पूर्वोत्तर क्षेत्रमा गायनाको उच्चभूमि पर्छ । महादेशको पश्चिमको एन्डिज र पूर्वी उच्चभूमिको बिचमा संसारकै सबैभन्दा ठुलो नदी अमेजन र अर्को ओरिनको नदीले बनाएको विशाल मैदानी क्षेत्र छ । मध्य र दक्षिण पूर्वी क्षेत्रमा पाराना र पाराग्वे नदी एवम् तिनले बनाएको पम्पास भनिने घाँसे मैदानी क्षेत्र रहेको छ । यो महादेशको सुदूर दक्षिण पूर्वी क्षेत्रमा चिसो पाटागोनिया मरुभूमि पर्छ । त्यस्तै चिलीको उत्तर पश्चिमी भागमा अटकामा मरुभूमि पर्छ ।

अमेजन बेँसी क्षेत्रमा बर्सैभरि गर्मी हुन्छ । यहाँ ओसिलो हावापानी पाइन्छ । भूमध्य रेखीय क्षेत्र हुनाले दैनिक घनघोर वर्षा हुन्छ र बाढी आइरहन्छ । त्यस्तै महादेशका किनारी क्षेत्रमा पनि सामुद्रिक प्रभावले बर्सैभरि वर्षा भइरहन्छ । यस महादेशको मध्य क्षेत्रका कतिपय भूभागमा अनिश्चित वर्षा हुन्छ । यस क्षेत्रमा लामो खडेरी भइरहन्छ । यस महादेशको पूर्वोत्तर क्षेत्रमा असामयिक वर्षा र बढी गर्मी हुन्छ । यहाँ निरन्तर हावाहुरीको प्रकोप भइरहन्छ । यसरी यो महादेशमा हावापानीको विविधता रहेको छ ।

अमेजन बेँसीमा घना उष्ण सदावहार जङ्गल फैलिएको छ । ‘सेल्भास’ नामले चिनिने यो संसारकै सबैभन्दा विस्तृत क्षेत्रमा फैलिएको जङ्गल पनि हो । यो क्षेत्रको जङ्गलमा कडा काठका अग्ला वनस्पतिहरू पाइन्छन् । पूर्वोत्तर क्षेत्रको उच्च भूमिमा घाँस पाइन्छ । मध्य र दक्षिण पूर्वीक्षेत्रमा पम्पास भनिने घाँसे मैदानी क्षेत्र छ । सबैजसो मरुस्थलीय क्षेत्रहरू वनस्पति विहीन छन् ।

दक्षिण अमेरिकामा निम्न देशहरू शामेल छन

[सम्पादन गर्नुहोस्]

१. अर्जेण्टाईना २. बोलिविया ३. ब्राजिल ४. चाईल ५. कोलम्बिया ६. इक्युवेडर ७. गुयाना ८. पनामा ९. परागुवे १० पेरु ११. सुरिनामा १२.उरुगुवे १३. भेनेजुएला निम्न क्षेत्रहरूमा अहिले पनि युरोपियन देशहरूले आफ्नो अधिकार जनाउदछन:









ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%A6%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%A3_%E0%A4%85%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy